रौतहट – रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका माधव नेपालको मतान्तर बढ्न थालेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाल एमालेका अजय गुप्ताभन्दा चार हजार ६ सय ५१ मतले अगाडि हुनुहुन्छ । नेपालले अहिलेसम्म १९ हजार ७ सय ८९ मत पाउनु भएको छ भने गुप्ताले १५ हजार १ सय ३८ मत पाउनु भएको छ ।
