पोखरा – कांग्रेस उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)की सचिव पद्मा अर्याल प्रतिस्पर्धामा रहेको स्याङजा २ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अहिलेसम्म पनि सुचारु हुन सकेको छैन ।
स्याङ्जा २ मा एमालेका प्रतिनिधिसभा तथा प्रदेशसभाका उमेदवारहरुले बुथ कब्जा गरिएको आरोप लगाएका छन् । मतगणना स्थगित रहेकै अवस्थमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आज १ बजेलाई सर्वदलीय बैठक बोलाएको छ ।
त्यसपछि मात्रै मतगणना हुने नहुने टुंगो लाग्ने कांग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षेत्रीले जानकारी दिए । एमालेका उमेदवारहरुले नामावलीसहित नै विज्ञप्ति जारी गर्दै फर्जी मत खसाइएको दाबी गरेका छन् ।
यता कांग्रेसले भने मतगणना कार्यलाई अगाडि बढाउन दबाब दिएको छ । दुवै पक्षको अडानका बीच बैठक बोलाइएको हो ।