काठमाडौं–५ मा गणना नसकिँदै प्रदीप पौडेलको जित

एटुजेड समाचार

काठमाडौं –  काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उमेदवार प्रदीप पौडेलको जित निश्चित भएको छ ।उनले नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै प्रतिनिधिसभामा आफ्नो स्थान पक्का गरेका हुन् ।

काठमाडौं–५ मा अब ३७७९ मत मात्र गन्न बाँकी छ । तर, पौडेलले अहिले नै ४६११ मतको अन्तरमा अग्रता कायम गरिसकेका छन् ।अहिलेसम्म ४५ हजार ९७ मतमध्ये ४२ हजार २० मत गणना सकिइसकेको छ, जसमा पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले ९ हजार ४६६ मत पाएका छन् ।अघिल्लो निर्वाचनमा पोखरेल नेपाली कांग्रेसका तत्कालीन सहमहामन्त्री डा. प्रकाशशरण महतलाई पारजित गर्दै निर्वाचित भएका थिए । उनी त्यहीँबाट निर्वाचित भएर ओली सरकारमा वरिष्ठ मन्त्रीका रूपमा काम गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू