सुर्खेत – यही मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः मतदान कार्य सम्पन्न भएको छ ।सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।
सामान्य त्रुटीका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा मतदान केन्द्रमा आज मतदान भएको थियो ।तीनवटा मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या भएकोमा दुई हजार (६८ प्रतिशत) मत खसेको मतदान अधिकृत पौडेलले बताए । उनका अनुसार मतदान कार्य मर्यादित, व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।रासस