नागरिकता विवादको बिषयमा रवि लामिछानेले बुझाए स्पष्टिकरण

एटुजेड समाचार

चितवन – नागरिकता विवादको बिषयमा चितवन २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले स्पष्टिकरण बुझाएका छन् ।

उनले आज (मंगलबार) साँझ मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापामार्फत निर्वाचन आयोगलाई स्पष्टिकरण बुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत थापाले लामिछानेले स्पष्टिकरण बुझाएको बताए ।

‘उहाँ सिलबन्दी गरेर आयोगमा बुझाई पाउँ भनी निवेदन पेश गर्नु भएको छ’, थापाले भने । उनका अनुसार उक्त स्पष्टिकरण बुधवार निर्वाचन आयोगमा पठाईने छ ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको थियो । उनीविरूद्ध राजकुमार पाण्डेले उजुरी दिएका हुन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू