विश्वप्रकाशलाई ५,५०० मतको अग्रता

एटुजेड समाचार

काठमाडौं – झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अग्रता निरन्तर कायम रहेको छ ।

हालसम्म यहाँ २९ हजार ६८६ मतगणना हुँदा शर्माले १४ हजार ९०९ मत पाएका छन् ।नेकपा (एमाले)का नेता अग्नि खरेलले ९ हजार ४०९ मत पाएका छन् । यहाँ शर्माले ५ हजार ५०० मतको अग्रता कायम गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु