काठमाडौं ४ मा गगन थापाको फराकिलो जित

एटुजेड समाचार

काठमाडौं – प्रतिनिधि सभा सदस्य काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा फराकिलो अन्तरले विजयी भएका छन् । थापाले नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो अन्तरले हराए ।

गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए । भट्टराई ७ हजार ४४६ मतान्तरले पराजित भए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु