काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रतालाई निरन्तर बढाएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार सागर ढकालभन्दा उनले दोब्बर बढी मत ल्याएका हुन् ।
हालसम्म १३ हजार ३५१ मतगणना भएको छ । जसमा देउवाले ६ हजार ६४२ मत पाएका छन् । ढकालले ३ हजार ४२४ मत ल्याउँदा एमालेको सहयोगमा उमेदवारी दिएका कांग्रेस बीपीका उपाध्यक्ष कर्णबहादुर मल्लले १ हजार ८६२ मत पाएका छन् । यहाँ ८३७ मत बदर भएको छ ।

