चितवनका चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी निधन

एटुजेड समाचार

चितवन – चितवनका चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ४ डडुवा घर भएका ३५ बर्षिय विश्वकर्माको राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा मृत्यु भएको हो ।

विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिएका विश्वकर्मालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो समय उनी काठमाडौं बस्दै आएका थिए । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । उनी लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका थिए । उनले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय बढि एफएम रेडियोमा उनको कार्यक्रम प्रशारण हुने गर्छ ।

उनी पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्य थिए । त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा माईक्रोमा सवार चितवन राप्ती ५ का बर्ष २१ को आयुसलो तामाङ नाक दाईने खुट्टामा चोट सामान्य, माईक्रो चालक सोही राप्ती ६ का बर्ष २६ को शंकर चाधरी बायाँ खुट्टा,नाकमा चोट मध्यम, माईक्रोमा सवार राप्ती १ का बर्ष २६ को उज्वल मैनाली बायाँ हातमा चोट सामान्य, माईक्रोमा सवार राप्ती २ का बर्ष ४६ को जवारीलाल बि.क. टाउकोमा चोट सामान्य, धादिङ रोराङ गा.पा.५ का बर्ष २१ को कुशल बिसुराल बायाँ हातमा चोट सामान्य रहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु