काठमाडौं – आइतबार निर्वाचन भएका प्रदेशसभा र प्रतिनिधिसभातर्फ अधिकांश क्षेत्रमा मतगाणना जारी छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसको मत सबैभन्दा धेरै छ ।
आयोगका वेबसाइटमा अपडेट भएअनुसार प्रतिनिधिसभातर्फ कांग्रेसको मत ६ हजार ४३४ रहेको छ । नेकपा (एमाले) दोस्रो रहँदै पाँच हजार ३२० मत प्राप्त भएको छ ।



त्यस्तै, राष्ट्रिय स्वतन्त्र पाटीले चार हजार १९३ मत पाएको आयोगले जनाएको छ । त्यो नेकपा (माओवादी केन्द्र)को भन्दा बढी हो ।माओवादीले दुई हजार १४० मत प्राप्त गरेको आयोगले जनाएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एकहजार ५८१ मत प्राप्त गरेको छ ।नेपाल मजदुर किसान पार्टीले ५८४, जनमत पार्टीले ५६५, जनता समाजवादी पार्टीले ५१५ मत पाएका छन् ।नेकपा (एकीकृत समाजवादी)ले २००, हाम्रो नेपाल पार्टीले १६९ र अन्य पार्टीको ६७१ मत रहेको आयोगको तथ्यांकमा उल्लेख छ ।