चितवन – चितवन २ को मतगणना जारी छ । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।पोखरेलले १५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले २५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

