चितवन ३ को गणना दिउँसो सवा २ बजेबाट सुरु हुने

एटुजेड समाचार

चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना आज दिउँसो २:१५ बजेबाट सुरु हुने भएको छ ।

केही बेर अघि सम्पन्न सर्वदलिय बैठकले मतगणना दिउँसो २:१५ बजेबाट सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए ।

एक लाख ४४ हजार २८३ मतदाता रहेको उक्त क्षेत्रमा ६५.४१ प्रतिशत मत खसेको थियो । उक्त क्षेत्रको गणा वन तथा कृषि विश्व विद्यालय रामपुरमा हुनेछ ।

चितवन ३ मा प्रतिनिधि सभातर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, स्वतन्त्र उम्मेदवार दिनेश कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे प्रतिस्पर्धामा छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू