टिप्परको ठक्करबाट पत्रकार कंडेलको मृत्यु

बुटवल – टिप्परको ठक्करबाट रुपन्हेदीमा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्लोबल आवाज अनलाइनका सम्पादक रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय पत्रकार एनबी कंडेल रहेका छन् ।
शुक्रबार साँझ लु १ क ५२७६ नम्बरको टिपर (रेडिमिक्स)ले सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा कंडेल सवार लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ ।
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।


तपाइँको प्रतिक्रिया