थारुलाई मधेसी समूहमा राखेकोमा थारु कल्याणकारिणीसभा चितवनको विरोध

एटुजेड समाचार

चितवन – कार्तिक थारु कल्याणकारिणी सभा चितवनले थारु जातिलाई मधेसी समूहमा समावेश गरिएकोमा विरोध जनाएको छ । मधेसी आयोगले असोज ३१ गते राष्ट्रपति समक्ष पेश गरेको चौथो वार्षिका प्रतिवेदनमा थारुलाई मधेसी समूहमा राखिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला सभापति ललितकुमार चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा मधेसी समुदाष्मा सूचिकरण गरिएको थारु जातिको नाम तुरुन्त हटाइ संसोधन गर्न मधेसी आयोगलाई आग्रह गरिएको छ । तथ्य, आधार, प्रमाण विना हचुवाको भरमा मूल आदिवासी भूमिपुत्र थारु जातिको इतिहास, अस्तित्व र पहिचानलाई समाप्त पार्ने षड्यन्त्र भएको विज्ञिप्तिमा उल्लेख छ ।

थारु जाति मुलुकका मूलआदिवासी भूमिपुत्र भएकाले मधेसी नभएको दाबी थारु कल्याणकारिणी सभाको छ । विस्तारवादी नीति र गलत नियतका साथ संविधान र ऐन कानुन विपरित भूमिपुत्र थारु जातिको मौलिक पहिचान एवम् अस्तित्व मेट्ने गरी राष्ट्रपतिलाई बुझाइएको सिफारिस प्रतिवेदन स्वीकार्य नभएको जनाइएको छ ।

तुरुन्त प्रतिवेदन संसोधन नगरिए आयोगले मूल्य चुकाउनुपनेृ चेतावनी पनि दिइएको छ । २०६५ फागुनमा थारु समुदायलाई मधेसीमा सूचिकृत गरिएको समाचार प्रकाशित भएपछि थरुहट, थारुवान आन्दोलन भएको थियो । त्यो बेला चितवन र दाङबाट ४ जना युवाको ज्यान गएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु