चितवन – दि राइज इभेन्ट्सको ‘चितवन फेशन रन वे २०२२’ सम्पन्न भएको छ ।
स्वाद सदन पार्टी प्यालेस भरतपुरमा भएको रन वे मा सिम्रन क्षेत्री ‘मिस फेशन डिभा २०२२’ भएकी छन् । यस्तै समिर महतोले ‘मिस्टर फेशन हंक २०२२’ को उपाधि जितेका छन् ।
उनीहरुले म्युजिक भिडियोमा काम गर्न अवसरसँगै बिभिन्न पुरस्कारहरु प्राप्त गरेको दि राइज इभेन्ट्सका सिईओ सलिन श्रेष्ठले जानकारी दिए ।
रोयल्शा श्रेष्ठले अर्गनाइजर चोइस र चित्रकथा बुटिककी मिका महतोले बेष्ट ड्रेस डिजाइनरको उपाधि जितेका छन् । कार्यक्रमको निर्णायकहरुमा रोहित चौधरी, धनु थापा मगर र सागर पराजुली रहेका थिए ।