झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

एटुजेड समाचार

जनकपुरधाम – दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्बर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिश्र र यादव दुबै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको धनुषा प्रहरीको भनाइ छ । उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू