चितवन – नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।


चितवनसहित देशभर चिसो बढेको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो ।