ओलीको आरोप : सरकारले न्यायालयको हुर्मत लियो

एटुजेड समाचार

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् ।

एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामन दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन् । उनले अहिलेका जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको उनले दाबी गरे ।

उनले प्रधानन्यायाधीशलाई घरमा थुनेकेको मात्रै होइन उनका छोरी बुहारी र भतिजीहरुलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको आरोप लगाए । उनले भने, ‘यी सबै व्यवस्थाको अत्यका लागि ४ मंसिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्छ । देश हार्ने या जित्ने यही दिन निर्णय हुन्छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू