गठबन्धनलाई विजय गराउन बुद्धिजीवी र पेशाकर्मी सक्रिय

एटुजेड समाचार

माडी – बाम लाेकतान्त्रिक गठबन्धनलाई विजय गराउन बुद्धिजीवी र पेशाकर्मी अगुवाहरू सक्रिय भएका छन् । यसै सन्दर्भमा माडी बुद्धिजीवी एवं पेशाकर्मीहरूकाे संयुुक्त भेला अायाेजना गरे । त्यहाँ उनीहरूले समाजमा स्थापित उमेदवार मैदानमा अाएकोले विजय निश्चित रहेको बताएका छन् ।

यसैक्रममा माओवादी केन्द्रका नेता सुर्य सुवेदी (पथिक) ले भेलालाई नागरिक अान्दोलनकाे संज्ञा दिए । साे भेलालाई सम्बाेधन गर्दै जनताको माग र अावश्यकता पुरा गर्न गठबन्धन अघि बढेको बताए ।

संविधानसभा सदस्य रामकृष्ण घिमिरेले लाेकतन्त्र संरक्षणकाे जिम्मेवारी बुद्धिजीवीकाे रहेको बताए । देशका विभिन्न ठाउँमा गठबन्धन भएको उल्लेख गर्दै उनलेे असन्तुष्टि सार्वजनिक गर्नु अहिले ठिक नभएको बताए । उनलेे सबैले त्याग गरेको र त्यसको ईतिहासले मुल्यांकन गर्ने बताए ।

उमेदवारकाे मुल्यांकन गरेर मत दिने सुझाव दिन बुद्धिजीवी र पेशाकर्मीहरूलाई वरिष्ठ चिकित्सक डा. भाेजराज अधिकारीले अाग्रह गरेका छन् । भेलालाई सम्बाेधन गर्दै प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत बाम लाेकतान्त्रिक गठबन्धनका उमेदवार डा. अधिकारीले विकास र परिवर्तनको मुद्दा अघि बढाउने याेजना अाफुसँग मात्रै रहेको बताएका छन् ।

अाफुले दिर्घकालिन विकास रणनीति अघि बढाउनले बचनबद्वता व्यक्त गरेका छन् ।मंसिर ४ सम्म अाफुसँग केही नहुने बताएका उनलेे बुद्धिजीवी एवं पेशाकर्मीहरूकाे याेजना अनुसार काम गर्ने विचार राखे । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राष्ट्रिय परिस्थितिले गठबन्धन निर्माण भएको बताए । संसद विघटन र प्रतिगमनका विरूद्व एकताबद्ध हुन उनको अाग्रह छ ।

उनलेे त्यसकारण अान्तरिक असन्तुष्टि र द्वन्द्व अन्त्य गरि गठबन्धनलाई बलियो बनाउनुपर्नेमा जाेड दिए ।विदेशीनुका समस्याको समाधान निकाल्न एनअारएनए अमेरिकाका अध्यक्ष बुद्वि सागर सुवेदीले सुझाव दिए ।

प्रतिगमनकाे संस्थागत गर्नेलाई पाठ सिकाउनुपर्ने समय अाएकाे विनाेद तिमिल्सिनाले बताएका छन् । बाम लाेकतान्त्रिक गठबन्धनबाट मात्रै राजनीतिक काेर्ष अघि बढ्न सक्ने उनको भनाइ छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा विशिष्टिकृत अस्पताल बनाउने याेजना बनाउन वरिष्ठ क्यान्सर राेग विशेषज्ञ डा.विजयचन्द्र अाचार्यले सुझाव दिए । शिक्षा र स्वास्थलाई प्राथमिकतामा राख्न सके माडी मणिकाे रूपमा परिवर्तन हुनसक्ने उनलेे बताए ।

गठबन्धन अन्तर्गत माअाेवादी केन्द्रका उमेदवार ठाकुर प्रसाद ढकालले राष्ट्रिय निकुञ्जको ऐनमा देखिएकाे समस्या सम्बाेधन गर्न संघर्ष गर्ने बताएका छन् ।जनताकाे समस्यामा एकताबद्ध हुन उनको अपिल छ । रिउ करिडोर बनाउन प्रयत्न गर्ने उमेदवार ढकालको प्रतिबद्धता छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु