ईच्छाकामनामा जनताको आशा र भरोसा बन्दै उमेश श्रेष्ठ

एटुजेड समाचार

चितवन – यही आउंँदो मंसिर ४ गते हुने संघीय निर्वाचनको लागि देशभर निर्वाचनको सरगर्मी बढ्दै गएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरु आ-आफ्नो एजेण्डा र योजना लिएर मतदाता भेटघाट गर्ने कार्यमा व्यस्त छन् । निर्वाचन नजिकिएसंँगै चितवनको चुनावी माओल पनि दिनप्रतिदिन तातिंँदै गएको छ ।

चितवनका ३ वटा क्षेत्र नम्बर मध्ये सबै भन्दा चासो र चिन्ताको बिषय बनेको चितवन क्षेत्र नम्बर २ थप रोचक र घोचक बन्दै गएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फ बाट नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ , निवर्तमान सांसद क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फका उम्मेद्वार बनेका कृष्णभक्त पोख्रेल र संचारकर्मी रवि लामिछानेपनि यही क्षेत्रबाट चुनाब लड्दैछन् । एकसाता देखि सबै उम्मेद्वारले मतदाता भेट्ने र घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । तर यी उम्मेद्वार मध्ये स्वास्थ्य राज्यमन्त्री भएर जनताको मन जितेका उमेश श्रेष्ठले अहिले चितवनका‘मतदाता संँग अन्र्तक्रिया र भेटघाट गरिसकेका छन् ।

यसैक्रममा आज शुक्रबार उनी ईच्छाकामना गाउंँपालिकाका जनताको समस्या बुझ्न सक्रिय रहेका छन् । ईच्छाकामना गाउंँपालिकामा पांँचको गठबन्धनको विभिन्न वडा सम्र्पक तथा प्रचारप्रसार उद्धघाटन गर्ने क्रममा बोल्दै उनले ईच्छाकामनामा कृषिलाई व्यवसायीकरण गर्न आफ्नो प्राथमिकताु रहने बताए । भूगोलको कारण यो ईच्छाकामना गाउंँपालिका विकट भएपनि यो क्षेत्र संभावना नै संभावना भएको उनको भनाई थियो । ‘कृषिलाई व्यवसायीकरण र बजार व्यवस्थापन गर्न म यहांँको किसानको साथमा छु , उनले भने, जसले गर्दा किसानका उत्पादन र खेर नजाउन र सही मुल्य पाओस ।’

आफू मन्त्री भएर कुनै पनि सेवा सुविधा नलिएको भन्दै जनताको सेवा गर्न जनताको घरदैलोमा आएको उनले बताए । यो ठाउंँमा समस्या संँगै सम्भावना देखेको भन्दै उनले भने, ‘मैले जितेंँ भने १५ देखि २५ वटा वेडको अस्पताल बनाउनेछु र पर्यटन क्षेत्र प्रर्वद्धन र रोजगारीमा बृद्धि गर्नेछु ।’ भाषण गर्ने मान्छेलाई भन्दा काम गर्न ेमान्छेलाई मत दिएर जिताउन उनले आग्रह गरे। जनताले जिताएमा आफूले बोलेका र प्रतिबद्धता गरेका कुरा जसरी पनि पुरा गर्ने श्रेष्ठको भनाई थियो । श्रेष्ठसंँग मतदाताले यो ठाउंँका कृषि, शिक्षा, स्वास्थ्य, समस्या समाधानका लागि आग्रह गरेका थिए । त्यहांँका जनताले आफूले यो पटक आफूले मत दिएर श्रेष्ठलाई जिताउने वचनबद्धता पनि व्यक्त गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू