नारायणगढ – माला श्री मोटर्स नारायणगढले टिभिएसको नयाँ स्कुटर सार्वजनिक गरेको छ ।
माला श्री मोटर्सले आज (शुक्रबार) एक कार्यक्रमकाबीच टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको हो । उक्त स्कुटर टिभिएस एनटर्ककी ब्राण्ड एम्बेसडर चर्चित अभिनेत्री स्वस्तिमा खड्काले अनवरण गरिन् ।
स्कुटर अनावरण गर्दै उनले आफूले पनि टिभिएस एनटर्क प्रयोग गरिरहेको बताइन् । नयाँ फिचरसहित आएको एनटर्क १२५ रेस एक्सपी सबै हिसाबले स्कुटरहरु मध्येकै उत्कृष्ट भएको उनको भनाइ थियो ।
एनटर्क १२५ रेस एक्सपीमा स्कुटर उद्योगकै पहिलो भोइस असिस्ट फिचर समावेश छ । यसका चालकको सहजताका लागि राइड मोडहरु पनि समावेश गरिएको छ । युवाहरुलाई लक्षित गरी डिजाइन गरिएको स्कुटरमा समावेश भोइस असिस्ट फिचरले नेभिगेसन, राइड मोड चेन्जलगायतका १५ आदेश सजिलै प्रयोग गर्न सकिन्छ ।
यसले ब्लुटुथमार्फत आवाजकै भरमा सेटिङ कन्ट्रोल गर्न सकिने माला श्री मोटर्सका सञ्चालक भीमसेन श्रेष्ठले जानकारी दिए । १२५ सिसीमा १० पिएस भन्दा धेरै पावर भएको यो नेपालकै एक मात्र स्कुटर भएको बताए । सो रुमले आजबाट नै स्कुटरको बिक्री वितरण सुरु गरेको पनि उनले बताए ।