चितवन – घरको छतबाट खसेर बालकको मृत्युभएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का २ वर्षिय बालक सियास भट्ट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार जखडीमाई बस्ने ऋषिराम भट्टका नाती आफ्नै घरको छतबाट खस्दा बिहिबार गम्भिर घाईते भएका थिए । घाईते बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमानै मृत्यु भएको हो । मृतक बालकका बुबा र आमा बैदेशीक रोजगरका शिलशिलामा जापान रहेको प्रहरीले जनाएको छ ।