दोस्रो गाउँपालिका अध्यक्ष कप ब्याडमिन्टन भोलिदेखि

एटुजेड समाचार

देवघाट – देवघाटमा शुक्रबारदेखि दोस्रो गाउँपालिका अध्यक्ष कप डबल ब्याडमिन्टन प्रतियोगिता हुँदैछ ।

देवघाट ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिताको तयारी पुरा भएको छ । देवघाट ५ धर्मार्थ अस्पतालको प्राङ्गणमा बिहान ८ बजे खेल सुरु हुने संघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।

प्रतियोगितामा तनहुँ, चितवन, नवलपुर र गोरखा जिल्लाका गरी करिब ३५ टिम सहभागी हुने मिश्रले बताए । प्रतियोगिताका लागि ८ लाख खर्च गरेर ब्याडमिन्टन कोर्ट तयार पारिएको उनले बताए । प्रतियोगिताका लागि देवघाट गाउँपालिका,देवघाट क्षेत्र बिकास समिति, विभिन्न संघ संस्था र समाजसेवी व्यक्तिहरुबाट सहयोग प्राप्त भएको आर्थिक संयोजक सूर्यबहादुर घर्तीले बताए।

प्रतियोगितामा टिम दर्ता शुल्क ३ हजार राखिएको छ । प्रथम, द्वितिय र तृतीय हुने टिमले क्रमशः ४०, २० र १० हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू