चितवन – चितवनसहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटमा नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर बुधबार ५.९ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।



यसको केन्द्र सिन्धुपाल्चोकको तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का चितवनसहित देशका विभिन्न क्षेत्रमा महशुस भएको थियो।