चितवन – कनेक्ट अष्ट्रेलियन एजुकेशन एण्ड भिजा सर्भिसेजले काठमाण्डौंमा शाखा विस्तार गरेको छ । विगत लामो समयदेखि कामगर्दै आएको कनेक्ट अष्ट्रेलियन एजुकेशन एण्ड भिजा सर्भिसेजले काठमाण्डौंमा पाँचौ शाखा विस्तार गरेको हो ।
काठमाण्डौंको बालुजु १६ माछापोखरीमा रहेको नविल बैंक भएको भवनको चौथों तल्लामा पाँचौ शाखा संचालनमा आउन लागेको हो । मुृख्य कार्यालय चितवनको लायन्स चोक नारायणगढमा रहेको यो एजुकेशन एण्ड भिजा सर्भिसेजको पोखरा, दमौली र अष्ट्रेलियामा पनि शाखा रहेको छ ।
काठमाडौं शाखाको आज एक कार्यक्रमका बीच महानायक राजेश हमाल, पंण्डित दिनबन्धु पोखरेल र इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डले सयुक्त रुपमा उद्घाटन गर्ने छन् ।
शैक्षिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई सहि काउन्सिलङ दिन यो संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
अष्ट्रेलिया अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरुमा नयाँ पद्धतीको विषयमा अन्यौलता रहेको बेला यो संस्थाले विद्यार्थी, अभिभावकसँग अष्टेलियाकै प्रतिनिधिहरुवाट वान टु वा काउन्सिलङ हुने गरेका कारण विद्यार्थीहरुले सहि सूचना पाउने संस्थाका एजुृकेटिभ चेयरमेन देवराज कंडेलले जानकारी दिए । अहिले नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया पहिलो गन्तव्य बनेको छ ।