आज बुधवार कस्तो छ तपाईंको भाग्य ? हेर्नुहोस् राशिफल

एटुजेड समाचार

आज विस २०७९ साल कात्तिक २ गते, (बुधबार) । ईश्वी सन् २०२२ अक्टुबर १९ तारिख । कस्तो छ तपाईंको आजको राशिफल ?

मेष- उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

बृष- आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

मिथुन- महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कट- पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

सिंह-नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ ।

कन्या- शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् ।

तुला- बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक क्षेत्र सफल हुनेछ ।

बृश्चिक- उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ ।

धनु- अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

मकर- आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।

कुम्भ- मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ ।

मीन- आज मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू