सामुदायिक विद्यालयको शिक्षामा आमूल परिवर्तन गर्नेछु : राज्यमन्त्री श्रेष्ठ

एटुजेड समाचार

चितवन – चितवन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा आमूल परिवर्तन ल्याउने बताएका छन् ।

नेपाली कांँग्रेस २ नम्बर वडा समितिको कार्यालय क्षेत्रपुरमा कार्यकर्ता तथा मतदातासंँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले निजी विद्यालयको भन्दा बढी गुणस्तरमा बृद्धि गर्ने बताएका हुन् ।

आफूसँग तीन दशकभन्दा बढी प्राध्यापन क्षेत्रमा अनुभव भएको र यसलाई सुधार्न योजना र स्पष्ट दृष्टिकोण रहेको उनले बताए । ‘अहिले निजी विद्यालयमा विद्यार्थीको आकर्षण छ । सामुदायिक विद्यालयमा पनि शिक्षाको गुणस्तर सुधार्नु छ । म सांसद भएपछि सामुदायिक शिक्षामा आमूल परिवर्तन गर्नेछु’ उनले भने । आफू काम गर्न राजनीतिमा आएको भन्दै उनले काम गर्ने मान्छेलाई मत दिएर जिताउन आग्रह गरे ।

सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र दक्ष जनशक्ति नभएकोले यसलाई सुधार्नु अपरिहार्य रहेको उनको भनाइ थियो । शिक्षाको विकास भएमा मात्र अन्य क्षेत्रमा परिवर्तन हुने भन्दै उनले युवाहरुलाई उद्यमशील बनाई रोजगारीमा वृद्धि गर्न पनि शिक्षाको गुणस्तरमा वृद्धि गर्नुपर्ने बताए ।

अब प्राविधिक तथा सीपमूलक शिक्षाको आवश्यक रहेको भन्दै उनले सामुदायिक विद्यालयको शिक्षालाई निजी विद्यालयसंँग प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्दा गरिब, विपन्न विद्यार्थी मात्र होइन, धनी र उच्च वर्गका विद्यार्थीको पनि आकर्षण हुने गरी गर्नुपर्ने उनले बताए ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु