चितवनमा परीक्षण गराएका मध्ये २३ प्रतिशतमा डेङ्गु संक्रमण
चितवन – चितवनमा डेङ्गु परीक्षण गराएका मध्ये २२ प्रतिशत भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
चालु आर्थिक वर्षमा हालसम्म सात हजार ३९८ जनामा डेङ्गु परीक्षण गरिएको छ । जसमध्ये एक हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ । यो २३ दशमलव ३७ प्रतिशत हो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार संक्रमित एक हजार ७२९ मध्ये चितवनका मात्रै एक हजार १७० जना रहेका छन् । तीन सय ५५ जना अन्य जिल्लाको तथा दुई सय चार जना ठेगाना नखुलेको संक्रमित रहेका छन् । यस्तै डेङ्गुबाट हालसम्म तीन जनाको ज्यान गइसकेको छ ।
एकैदिन ४१ जना थपिए
पछिल्लो २४ घण्टामा मात्रै चितवनमा ४१ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिम ९५ जनामा डेङ्गु परीक्षण गर्दा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
जसमध्ये ३३ जना चितवनका हुन् । सात जना अन्य जिल्लाका तथा एक जनाको ठेगाना नखुलेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया