केदारनाथमा ५ यात्रु सवार हेलिकप्टर दुर्घटना
एजेन्सी – उत्तराखण्डको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथबाट २ किलोमिटर टाढा गरुडछट्टीमा हेलिकप्टर दुर्घटना भएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । मिडिया रिपोर्टमा खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । तर, अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन ।
मिडिया रिपोर्टका अनुसार यो हेलिकप्टर निजी कम्पनीको थियो र यसमा ५ जना यात्रु सवार थिए । धेरै मिडिया रिपोर्टमा प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज आएपछि स्थानीयले अधिकारीहरूलाई खबर गरेको बताइएको छ ।
भारतका नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले घटनालाई दुर्भाग्यपूर्ण भन्दै आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र अवस्थाको अनुगमन गरिरहेको बताए ।
देहरादुनका राजेश डोबरियालले उक्त हेलिकप्टर आर्यन कम्पनीको भएको र केदारनाथबाट दर्शनार्थी लिएर फर्किरहेको बताए । घटना लिम्चोली नजिक भएको रुद्रप्रयागका जिल्ला सूचना अधिकारीले बताए । यद्यपी, हताहतको विवरण भने आइसकेको छैन
तपाइँको प्रतिक्रिया