अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु
दाङ – अरिंगालको टोकाइबाट सल्यानमा आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।
कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमै मृत्यु भएको र उनकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी खनालले बताए । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ । सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो ।
तपाइँको प्रतिक्रिया