गठबन्धनको बैठक आज बस्दै, बागी उम्मेदवारलाई छानविन गरी कारवाही गर्ने
काठमाडौं – सत्ता गठबन्धनमा रहेका पार्टीहरुले आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई छानविन गरी कारवाही गर्ने भएका छन् । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुनेछ ।
त्यस्तै गठबन्धनका शीर्ष नेताले आज नै गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्ने भएको छ ।
तपाइँको प्रतिक्रिया