भरतपुर – आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिएसँगै उमेदवारहरूले चुनावी दाैडधुपलाई तिब्रता दिएका छन् । यसैबीच प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का उमेदवार डा. भाेजराज अधिकारीले पनि चुनावी गतिविधि तीब्र पारेका छन्।
जस अनुसार चितवनको माडी सहित पश्चिमी भेगमा उनको भेटघाट बाक्लिएकाे छ । अहिले अान्तरिक छलफलसँगै पार्टी पंक्ति र गठबन्धनका नेता कार्यकर्तासँग उनको सम्पर्क र भेटघाट एवम् रणनीति तय गर्नमा व्यस्त छन्।
अहिले अान्तरिक छलफल साथै गठबन्धनका जिल्ला तहमा कार्ययोजना बैठक भईरहेकाे माअाेवादी केन्द्रका पाेलिट्ब्युराे सदस्य सुर्य सुवेदी (पथिक) जानकारी दिए । संयुुक्त घाेषणापत्र, सभा एवं भेला बैठकका लागि कार्यतालिका बनिसकेको उनलेे बताए ।
चाडैं नै संयुुक्त कार्यक्रमसहित जनताको घरदैलोमा जाने उनले बताए । कार्तिक १ गते पश्चिम चितवनको गितानगरमा संयुुक्त कार्यालय सञ्चालनमा ल्याईने माअाेवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिएका छन् ।
अान्तरिक संगठनमा कार्य याेजना र रणनीति बनाउने कार्य भईरहेको बताउदैं उनलेे गठबन्धनमा समेत छलफल भईरहेकाे बताए । “अाज नै क्षेत्र नम्बर ३ (क) अन्तर्गत गठबन्धन अाबद्व दलहरूकाे बैठक सम्पन्न भएको छ, चाडैं नै संयुुक्त चुनावी सभा सहित घरदैलो सुरु गरिन्छ,” अध्यक्ष अधिकारीले बताए ।
चिकित्सा क्षेत्रमा चर्चित डा. भाेजराज अधिकारी ६ “स” काे एजेन्डा लिएर चुनावी मैदानमा छन् । समृद्ध चितवनकाे याेजनासहित निर्माणाधीन याेजना कार्यान्वयन गर्ने उनको प्रतिबद्धता छ ।चितवन ३ मा १ लाख ४१ हजार बढी मतदाता छन् । गठबन्धनबाट ३(क) मा कांग्रेसका डा. सुर्यकान्त घिमिरे र (ख) बाट माअाेवादी केन्द्रका ठाकुर प्रसाद ढकाल उमेदवार छन् ।