भारतबाट बढेर आयो पेट्रोल-डिजेलको मुल्य

एटुजेड समाचार

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो। निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ।

नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।

योसँगै निगमलाई डिजेलमा ६.३४ रूपैयाँ प्रतिलिटर हुने बताएको छ। त्यस्तै खाना पकाउने ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिन्डर घाटा छ। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा नै छ।

‘यो सबै गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड रूपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन। आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने हो।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू