दाङको जंगलमा गाडिएको अवस्था किशोर-किशोरीको शव फेला, एक पक्राउ

एटुजेड समाचार

दाङ – दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो।

उनीहरूको हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको उच्च स्रोतले जानकारी दिएको छ। ती व्यक्तिलाई प्रहरीले फोन कलको आधारमा लमही बजारबाट पक्राउ गरेको हो। प्रहरीले उनको पहिचान खुलाएको छैन। यद्यपि उनी टिपर चालक भएको खुलेको छ।

प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए। घर परिवारले सुरूमा उनीहरु प्रेममा परि भागेको हुनसक्ने आशंका गर्दै आएका थिए।

उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए। घटनास्थलमा जिल्लाका एसपी, डिएसपी, नेताहरू समेत पुगेका छन्।

 

सांकेतिक तस्बिर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू