चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट खारेज गरिदिएको हो ।
अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका पाण्डेसहित विजयकुमार गच्छदार, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरी प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वाेच्चमा रिट दिएका थिए । अदालतले सबै ९ जना विरुद्धको रिट खारेज गरेको हो ।



पाण्डे चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । चितवन ३ मा उनीसँगै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा भोजराज अधिकारी, कांग्रेसकै बागी उम्मेदवार दिनेश कोइराला पनि चुनावी मैदानमा छन् । सो क्षेत्रमा नेकपा एमालेले आफ्नो उम्मेदवारलाई पछि हटाएर कांग्रेसका बागी कोइरालालाई समर्थन गरेको छ ।