बागीश्वरी आध्यात्मिक परिषद्को अध्यक्षमा पुन: पिया

एटुजेड समाचार

चितवन – बागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रमको अध्यक्षमा पुन: शैलेन्द्रकुमार पिया चयन भएका छन् ।

आज (आइतबार) सम्पन्न सातौं अधिवेशनले पियालाई पुन: सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । परिषद्को प्रथम उपाध्यक्षमा पूर्णबहादुर श्रेष्ठ, द्धितिय उपाध्यक्षमा रामप्रसाद वस्ती र महासचिवमा अशोक पोख्रेल चयन भएका छन् ।

सचिवमा नवराज ढकाल र लोमश श्रेष्ठ, कोषाध्यक्षमा बद्रीप्रसाद अधिकारी तथा सह-कोषाध्यक्षमा दुर्गादेवी अधिकारी निर्वाचित भएका छन् । सदस्यहरुमा ज्ञानेन्द्रमान शाक्य, टेकबहादुर थापा, ॠषिकेश अर्याल, जनकबन्धु अर्याल, षडानन्द लामिछाने, युवराज भुसाल, मित्रराज केसी, प्रेमकुमारी तमाङ, रुपा पिया, दुर्गाप्रसाद भण्डारी, बिनु रायमाझी पौडेल, संगिता श्रेष्ठ, त्रिलोचन कंडेल र सुकमाया भुजेल रहेका छन् ।

अधिवक्ता राजकुमार श्रेष्ठको संयोजकत्वमा अनिलकुमार पौडेल, रजनी शर्मा लामिछाने सदस्य रहेको निर्वाचन कमिटीले अधिवेशन सम्पन्न गरेको हो । नवनिर्वाचित कार्यसमितिले आजै सपथ ग्रहण गरेको छ ।

कार्यक्रममा आश्रमका प्रमुख संरक्षक योगी श्रीषनाथ, संरक्षक बलभद्र नाथ, पूर्व अध्यक्ष टंकनाथ पौडेल, सल्लाहकार ॠषिराज पाण्डे, नव निर्वाचित अध्यक्ष पियालगायतले बोलेका थिए । आश्रम २०५३ सालमा स्थापना भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू