काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् ।
काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा रहेकोले सबै मिल्नुको विकल्प नरहेको बताए ।
‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै मिल्नुको विकल्प छैन’, उनले भने । चुनावमा कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि उनले स्पष्ट पारे ।