चितवन – पूर्वी चितवन राप्ती नगरपालिका ४ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ ।
वडाले शनिबार ७० वर्ष नाघेका ८० जना जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको हो । वडा र जेष्ठ नागरिक समितिको पहलमा जकपुरधामको भ्रमण गरिएको थियो । यस्तै उनीहरुलाई रौतहटको बागमती नगरपालिकास्थित निर्मित ताल भरत तालको पनि अवलोकन गराईएको थियो ।
वडाले धार्मिक भ्रमण गराउँदा जेष्ठ नागरिकहरु निकै खुशी भएका छन् । उनीहरुले अन्य वडा वडाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । उनीहरुले वडाध्यक्ष केदारप्रसाद आचार्यको प्रशंसा समेत गरे ।
यस भ्रमणले जेष्ठ नागरिकहरुलाई स्फूर्ति मिलेको वडाध्यक्ष आचार्यले बताए । जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उनीहरुको सल्लाह सुझालाई शिरोधार गर्ने उनको भनाइ छ ।