पोखरामा प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

एटुजेड समाचार

पोखरा – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ खेलको क्रममा आकाशबाट खसेर एक खेलाडीको मृत्यु भएको छ।

प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

पोखरा-१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। डिएसपी तिवारीका अनुसार अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू