प्रतिनिधि र प्रदेशसभा निर्वाचन: चितवनको कुन क्षेत्रमा कति छन् मतदाता ?

एटुजेड समाचार

चितवन – मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुँदैछ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । यो ०७४ को चुनाव भन्दा दश हजार ६५७ ले बढी हो । उनीहरु मध्ये महिला दुई लाख नौं हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् ।

चितवनमा तीन प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ६ प्रदेश सभा क्षेत्र रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख एक लाख ३९ हजार ८४५ मतदान छन् । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार २१४ र ३ मा एक लाख ४४ हजार २८३ जना छन् ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा ६६ हजार १५, १ (ख) मा ७३ हजार ८३० जना मतदान रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जानकारी दिएको छ । २ (क) मा ६१ हजार ९७३, २ (ख) मा ६२ हजार २४२, ३ (क) मा ७८ हजार २८६ र ३ (ख) ६५ हजार ९९६ जना मतदान छन् ।

प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर १ मा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका विश्वनाथ पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेबीच रोचक भिडन्त हुँदैछ । प्रदेश सभा १ (क) मा कांग्रेसका किरण भुसाल ओली र एमालेका जग्नाथ थपालिया र १ (ख) मा एमालेका प्रकाश खनाल शैलेश र एकीकृत समाजवादीका कृष्णपसाद शर्मा खनाल भिड्दैछन् ।

प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखेरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश सभा २ (क) मा एमालेका कृष्णप्रसाद सिलवाल र माओवादी केन्द्रका घनश्याम दाहाल तथा २ (ख) मा कांग्रेसका उत्तम जोशी र एमालेका देवीप्रसाद ज्ञवाली भिड्नेछन् ।

प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रमा डा भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डे र कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । कोइरालाई एमालेले समर्थन गर्दैछ ।

निर्वाचन क्षेत्र नम्बर ३ (क) मा कांग्रेस र सूर्यकान्त घिमिरे र एमालेका कृष्णप्रसाद भुर्तेल तथा ३ (ख) मा माओवादी केन्द्रका ठाकुर ढकाल, एमालेकी सरस्वती विष्ट र राप्रपाकी रिना गुरुङ लगायत भिड्दैछन् ।

निर्वाचनका आगी तीन हजार ६८० जना कर्मचारी खटिदैछन् । चितवनका सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ-आठ जना कर्मचारी परिचालन हुनेछन् । उनीहरुसँगै हरेक मतदान केन्द्रमा चार जना स्थानीय स्वयंसेवक कर्मचारी पनि खटाईने छ ।

चितवनमा कुल एक सय ६१ मतदानस्थल छन् । जसमा चार सय ६० मतदानस्थल रहेका छन् । ती सबै मतदानस्थलमा आठ-आठ जनाको दरले तीन हजार ६८० जना कर्मचारी खटिने छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू