‘मङ्सिर ४ को निर्वाचनमा एक प्रतिशतभन्दा कम मत बदर हुन्छ’

एटुजेड समाचार

कास्की – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक प्रतिशतभन्दा कम मात्रै मत बदर हुनेगरी निर्वाचन आयोगले काम गरिरहेको बताएका छन् ।

नेपाल टेलिभिजनद्वारा जिल्ला संवाददाताका लागि पोखरामा आयोजित तीनदिने निर्वाचन रिपोटिङ तथा पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट अनुभव लिएर आगामी निर्वाचनलाई थप स्वच्छ तथा सफल बनाउन आयोगले विभिन्न नयाँ व्यवस्था गरेको बताए ।

निर्वाचनलाइ स्वच्छ र निष्पक्ष बनाउन सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण बनिरहेको उल्लेख गर्दै उनले उम्मेदवारले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत गर्ने सम्पूर्ण खर्चको आयोगले नियमन गर्ने संयन्त्र बनाइरहेको जानकारी दिए । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु