अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालक संगठित, अध्यक्षमा पोखरेल

एटुजेड समाचार

चितवन – नेपाल लेयर्स कुखुरा पालक व्यवसायी संगठित भएका छन् । देशैभरका अण्डा उत्पादन गर्ने ठूला व्यवसायिक फर्महरु संगठित भएका हुन् ।

व्यवसायीहरुले तदर्थ समिति गठन गरेका छन् । समितिको अध्यक्षमा विनोद पोखरेल, महासचिव शोभाकान्त ढकाल, सचिव मदन चिरञ्जीवि पोखरेल, कोषाध्यक्ष प्रकाश चापागाई, सदस्य राजेन्द्र लामिछाने, रामलाल भुषाल, ज्योतेन्द्र श्रेष्ठ, गंगा भट्टराई, भरत शर्मा, गोकुलनाथ पौडेल, पिताम्बर सञ्जेल, सञ्जीव खनाल रहनु भएको छ ।

समितिको संरक्षकमा गुणचन्द्र बिष्ट, सल्लाहकारहरुमा सुरेश वैद्य, दीपककुमार प्रधान, शिवाजी राव रहनु भएको छनेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा आज यहाँ सम्पन्न भेलामा प्रमुख अतिथि गुणचन्द्र बिष्टले सबै संघ संस्थाहरु मिलेर पोल्ट्री व्यवसायलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विनोद पोखरेलले संस्था गठन गर्नुपर्नेको कारण र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।उहाँले पोल्ट्री नीति निर्माणका लागि राज्यसँग पहल गर्न, अण्डाको बजारलाई व्यवस्थित बनाई अण्डाको खपत बढाउन समिति गठन गरिएको बताउनुभयो ।

सो अवसरमा राजेन्द्र लामिछाने, ज्योतेन्द्र श्रेष्ठ त्रिलोचन कँडेल, शोभाकान्त ढकाल लगायतले पोल्ट्री व्यवसायका समस्या बारेमा बोल्नु भएको थियो । नेपालको अण्डा उत्पदनमा ८० प्रतिशत हिस्सा ओगट्ने ४० जना हाराहारी व्यवसायीहरु संगठित भएका हुन् । बजारमा मूल्य एकरुपता कायम गर्न, समस्याहरु मिलेर समाधान गर्न समिति गठन गरिएको सचिव पोखरेलले बताउनुभयो ।नेपालमा दैनिक ४८ देखि ५० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डा उत्पादन क्षेत्रमा मात्रै रु.७५ अर्ब लगानी भएको बताईन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू