भरतपुर – भरतपुर ४ वैद्धिकनगर स्थित कार्यालय रहेको लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.को १५ औं साधारणसभा तथा ७ औं अधिवेशन शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
अधिवेशनले नारायण प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा गोविन्द प्रसाद आचार्य, सचिवमा बसन्तलाल न्यौपाने, कोषाध्यक्षमा गुणराज पौडेल सर्वसम्वत निर्वाचित हुनुभएको छ ।


सहकारीका अध्यक्ष नारायण प्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक तेजेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले सहकारीले उत्पादनशिल र रोजगारमुलक कार्यक्रम तर्फ ध्यान दिनुपर्ने समय आएको वताउनु भयो । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई दीगो आर्थिक उपार्जनमा सहयोग पु¥याउनु पर्ने वताउँदै उहाँले सहकारी मार्फत आर्थिक क्रान्ति सम्भव भएको वताउनु भयो ।
कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष गोकर्ण निवास त्रिपाठी, टिकाराम कँडेल, शालिग्राम खरेल, यमुना आचार्य, उत्प्रेरक हरिप्रसाद आचार्य, सामाजिक अभियान्त मिना खरेललगायतले वोल्नु भएको थियो । कार्यक्रममा यसवर्ष देखि सामाजिक अभियान्तलाई सम्मान गर्ने कार्यक्रको सुरु गरिएको थियो ।
सोहि अवसरमा विभिन्न चारवटा ठुला रोग लागेका सदस्यहरुलाई रहत रकम हस्तान्तरण कार्यक्रम अन्तर्गत राहत रकम हस्तान्तरण गरिएको थियो । सहकारीका सहसचिव बसन्तलाल न्यौपानेले संचालन गर्नु भएको उक्त कार्यक्रममा लोककल्याणकारी अक्षयकोषवाट उत्पिडित गरिव तथा जेहनदार विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।