चितवनमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा तीन हजार ६८० कर्मचारी खटिने

एटुजेड समाचार

चितवन – मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चितवनमा तीन हजार ६८० जना कर्मचारी खटिने भएका छन् ।

निर्वाचन सम्पन्न गर्नका लागि चितवनका सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ-आठ जना कर्मचारी परिचालन हुनेछन् । उनीहरुसँगै हरेक मतदान केन्द्रमा चार जना स्थानीय स्वयंसेवक कर्मचारी पनि खटाईने छ ।

चितवनमा कुल एक सय ६१ मतदानस्थल छन् । जसमा चार सय ६० मतदानस्थल रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ती सबै मतदानस्थलमा आठ-आठ जनाको दरले तीन हजार ६८० जना कर्मचारी खटिने उनले बताए ।

‘सरकारी कर्मचारी खटिने भनेको प्रत्येक मतदान स्थलमा आठ-आठ जना हो । त्यसमा बिभिन्न पद हुन्छ । मतदान अधिकृत, सहायक अधिकृत र कार्यालय सहयोगी गरी तीन जना हुन्छन् । पाँच जना चाँही सहयाक कर्मचारी हुन्छन् । यस्तै एउटा मतदानस्थलमा चार जना त्यहीको स्थानीय स्वयंसेवक नियुक्त गरिन्छ’, उनले भने ।

चितवनमा तीन प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ६ प्रदेश सभा क्षेत्र रहेका छन् । जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । यो ०७४ को चुनाव भन्दा दश हजार ६५७ ले बढी हो । उनीहरु मध्ये महिला दुई लाख नौं हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख एक लाख ३९ हजार ८४५ मतदान रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार २१४ र ३ मा एक लाख ४४ हजार २८३ जना रहेका छन् ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा ६६ हजार १५, १ (ख) मा ७३ हजार ८३० जना मतदान रहेका छन् । २ (क) मा ६१ हजार ९७३, २ (ख) मा ६२ हजार २४२, ३ (क) मा ७८ हजार २८६ र ३ (ख) ६५ हजार ९९६ जना मतदान रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु