सत्ता गठबन्धनले कार्तिक ४ देखि सातै प्रदेशमा संयुक्त भेला गर्ने

एटुजेड समाचार

काठमाडौं – सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ। बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो।

सो निर्णयअनुसार कात्तिक ४ देखि ७ गतेसम्म विभिन्न सहरमा भेलाहरू हुने भएका छन्। भेलामा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।

कात्तिक ४ गते पोखरा र बुटवलमा गण्डकी र लुम्बिनी प्रदेशका भेला हुने छन् भने ५ गते विराटनगर र जनकपुरमा प्रदेश १ र मधेस प्रदेशका भेला हुनेछन्। ६ गते सुर्खेतमा कर्णाली प्रदेश र धनगढीमा सुदूरपश्चिम प्रदेशका भेला हुनेछन्। ७ गते काठमाडौंमा बागमती प्रदेशको भेला हुनेछ।

ती भेलाको समन्वय गर्ने जिम्मा पनि सत्ता गठबन्धन दलले बाँडफाँट गरेका छन्। गण्डकी भेलाको समन्वय नेकपा (एकीकृत समाजवादी)ले गर्नेछ भने लुम्बिनी, प्रदेश-१, मधेस र कर्णालीको समन्वय कांग्रेस र सुदूरपश्चिम र बागमतीको माओवादी केन्द्रले गर्नेछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू