अब चितवनबाट काठमाडौंमा हस्तक्षप गर्छौं : दिनेश कोइराला

एटुजेड समाचार

चितवन – चितवन निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेश कोइरालाले अब चितवनले काठमाडौंमा हस्तक्षप गर्न बताएका छन् ।

आज (शुक्रबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले देशमा मौलाउदै गएको तानासाही प्रवृत्तिविरुद्ध चितवन जागेको बताए । ‘देशमा तानासाही प्रवृत्तिको बिकास भइरहेको छ । यस्तै बिकृतिविरुद्ध चितवन जागेको छ । चितवन उठेको छ । अब चितवनबाट हामी काठमाडौं हस्तक्षेप गर्छौं’, उनले भने ।

उनले देशमा अब पारिवारिक शासन चल्न नदिने समेत बताए । ‘देशमा अहिले अंश, वंश, अर्थको आधारमा राजनीति चलिरहेको छ । अंश, वंश, अर्थको पिंजडामा लोकतन्त्र कैद भएको छ । अब अंश, वंश, अर्थको आधारमा राजनीति चल्न दिईदैन । अब कसैको छोरा, छोरी, श्रीमती, बुहारी, नाता नतिनी भएको आधारमा मात्र राज्यसत्तामा पुग्ने मौका दिईने छैन ।’

उनले कांग्रेस केन्द्रीय सदस्यको पद आफ्ना लागि पिंजडाको सुगा सरह भएको बताए । ‘मलाई केन्द्रीय सदस्यको पद पिंजडाको सुगा भयो । पार्टी भित्र बोल्छु कसैले सुन्दैन । पार्टी भित्र बोल्छु आफ्नो एजेन्डा लागु गर्न सकिदैन । बाहिर बोल्छु, केन्द्रीय सदस्य भएर जे पनि बोल्न मिल्दैन । त्यसैले मैले यो गम्भीर निर्णय गरे’, उनले भने । उनले आफ्नो उम्मेदवार फगत एक सांसद पदका लागि नभएको दाबी गरे ।

उनले अघि भने’, मेरो पार्टीको केन्द्रीय सदस्य ठूलो होइन । यो देश जनता र म किन राजनीतिमा लागे त्यो ठूलो हो ।’ उनले आफू मरणपारन्त कांग्रेस नै रहने समेत स्पष्ट पारे । ‘म हिजो पनि कांग्रेस थिए । आज पनि कांग्रेस हो । भोलि जीवन र मरणको दोशाधमा रहँदा पनि मेरो रगत -रगतमा कांग्रेस हुनेछ’, उनले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू