चितवनका प्रदश र प्रतिनिधि सभा उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन् ?

एटुजेड समाचार

चितवन – मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यमा उम्मेदवारले गर्न पाउने खर्च सीमा निर्धारण भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर १ र ३ का उम्मेदवारहरुले ३१ लाख सम्म खर्च गर्न पाउनेछन् । यस्तै प्रदेश सभा अन्तर्गत चितवन ३ का उम्मेदवारहरुले १७ लाख सम्म खर्च गर्न पाउनेछन् ।

निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुले २९ लाखसम्म खर्च गर्न पाउनेछन् । निर्वाचन क्षेत्र नम्बर २ (क) का उम्मेदवारहरुले १९ लाख र २ (ख) का उम्मेदवारहरुले १५ लाखसम्म खर्च गर्न पाउने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । भुगोल र जनसंख्याको आधारमा निर्वाचन खर्च निर्धारणा गरिएको उनले बताए ।

खर्च गर्दा बैंक तथा वित्तिय संस्थामा छुट्टा छुट्टै खाता खोलेर सोही मार्फत खर्च गर्न पर्ने थापाले बताए । उम्मेदवारहरुले खर्च गर्ने व्यक्ति तोकेर निर्वाचन कार्यालयलाई जानकारी दिनुपर्नेछ ।

यस्तै उम्मेदवारहरुले २५ हजार भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक खाता मार्फत लिनुपर्ने तथा व्यक्ति वा संस्थाबाट नगद स्वेच्छिक सहयोग लिएमा रसिद वा भरपाई दिएर खातामा जम्मा गरेर मात्रै खर्च गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत थापाले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू