मधेश सरकारबाट कांग्रेसका मन्त्री हटाउने मुख्यमन्त्रीको तयारी

एटुजेड समाचार

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका मन्त्रीलाई हटाउन लागेका हुन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेको स्रोतले जनाएको छ । राजीनामा नदिए आजै उनीहरुलाई पदमुक्त गर्ने तयारी मुख्यमन्त्री राउतको छ ।

बिहीबार साँझ सत्ता गठबन्धन घटक द लहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनरविचार गरी कांग्रेसका मान्त्र मन्त्री हटाउने निष्कर्षमा पुगेको बताइएको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरुलाई राजीनामा दिन मुख्यमन्त्री राउतले भनेका छैनन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू