चितवनबाटै सवारी लाइसेन्स वितरणको बाटो खुल्यो

एटुजेड समाचार

चितवन – चितवनबाटै सवारी चालक अनुमति पत्र वितरणका लागि बाटो खुलेको छ ।

लाइसेन्स वितरणको लागि प्रयोगात्मक परिक्षास्थल छनोट सम्वन्धमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात व्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा फैसला भएको हो । उक्त फैसलासँगै चितवनबाटै लाइसेन्स वितरणको बाटो खुलेको यातायात कार्यालय प्रमुख बिनोद पौडेले बताए ।

न्यायाधिस ईश्वरकुमार खतिवडा र डा मनोजकुमार शर्माको इजलासले मुख्यमन्त्री कार्यालय र यातायात कार्यालयको माग बमोजिम हुने फैसला सुनाएको हो । उक्त फैसलापछि परिक्षाथल छनोटको बाँकी प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

‘प्रयाेगात्मक परिक्षास्थल छनाेट सम्वन्धमा सर्वाेच्च अदालतमा परेकाे मुद्दामा जरी भएकाे अन्तरिम आदेशकाे विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय र यातायात व्यवस्था कार्यालय भरतपुरले दर्ता गरेकाे भ्याकेटकाे पक्षमा फैसला भएकाेले चितवनवाट सवारी चालक अनुमतिपत्रकाे प्रयाेगात्मक परिक्षास्थल छनाेटकाे बाँकी प्रक्रिया अगाडि वढाउने बाटो खुलेकाे अवस्था छ’, उनले भने ।

प्रयोगात्मक परिक्षास्थल छनोटको विरुद्धमा चितवन ड्राइभिङ स्कुलले गएको असार १९ गते सर्वाेच्चमा मुद्दा दायर गरेको थियो । प्रयोगात्मक परिक्षास्थलका लागि सदगुरु र महालक्ष्मी मोटर ड्राइभिङ सेन्टर प्रतिस्पर्धाका लागि छानिएका थिए । यी दुई सेन्टरको प्राविधिक मूल्यांकन हुने क्रममा प्रयोगात्मक चितवन ड्राइभिङले मुद्दा दर्ता गरेको थियो । मुद्दा परेपछि रोकिएको प्रक्रिया अब अघि बढ्ने भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू