पूर्वी चितवनको पल्पी जुस उद्योगमा भीषण आगलागी

एटुजेड समाचार

चितवन – चितवनको रत्ननगरस्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा भिषण आगलागी भएको छ ।

रत्ननगर नगरपालिका १० कैलाश टोलमा रहेको उद्योगमा आज (शुक्रबार) बिहान ४:१० बजे आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाको एक र खैरहनी नगरपालिकाको दुई वटा दमकल, स्थानीय र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगो पूर्ण रुपमा नियन्त्रणमा आउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । भेषराज दवाडीको उक्त उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू